हर्क साम्पाङले गरे काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको विरोध

पालिका डायरी
९ भाद्र २०७९
हर्क साम्पाङले गरे काठमाडौंमा अवैध संरचना भत्काउने अभियानको विरोध

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकामा अनधिकृत संरचना भत्काउने अभियानको आलोचना गरेका छन्।

काठमाडौं महानगरका मेयर बालेन शाहले बुधबार मात्र डोजर लगाएर काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडि बनाइएका अनधिकृत संरचना भत्काएका छन्। यो अभियान उनले निरन्तर जारी रहने पनि जनाएका छन्।

तर वैकल्पिक व्यवस्था नगरी त्यसरी विस्थापन गर्न नहुने तर्क साम्पाङले गरेका छन्। सन्दर्भ नखुलाई उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन। सबैको बाँच्ने अधिकार हुन्छ।’

धरानको मेयर साम्पाङले केही दिनयता आफूजस्तै​ स्वतन्त्रबाटै काठमाडौं महानगरको मेयर बनेका शाहको आलोचना गरिरहेका छन्।

प्रतिक्रिया
balen-harka-_xeKpZBBU3d