कोटेश्वर क्षेत्रको अवैध संरचना भत्काइँदै

पालिका डायरी
९ भाद्र २०७९

काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने भएको छ ।

व्यापारीलाई आफै अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।

“नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचना हटाउन भनेका छौँ । दिउँसोतिर अनुगमनमा जाँदैछौँ । व्यापारीले हटाउन अटेर गरेर आफै हटाउछौँ,” एसपी पाण्डेले भने ।

बुधबार महानगरले सुनधारा, न्युरोड क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्गस्थिल लन्डन पबको अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, महानगरले जिल्ला अदालत काठमाडौंसँग नक्सापासको प्रतिलिपि माग गरेको छ ।

प्रतिक्रिया