निहारिकाको मागअनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

पालिका डायरी
९ भाद्र २०७९, ०६:५२

उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षणको मागसहित काठमाण्डौमा अनशन बस्दै आउनुभएको थियो ।

गएको माघमा जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दाेष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।

काठमाण्डौमा अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास समेत गर्नुभएको थियो । त्यसपछि सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि उहाँले अनशन तोडिसक्नुभएको छ ।

प्रतिक्रिया