पार्किङकाे नक्सा पास गरेर अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाउँदै महानगर

काठमाण्डौ महानगरपालिकाले पार्किङको नक्सा पास गरेर अन्डग्राउन्डमा पनि राखिएका पसल र संरचना हटाउन थालेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र साहले आज साेमवार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरेर अन्डरग्राउन्डमा राखिएका पसल हटाउने कामको थालनी गर्नुभएको हो । आज नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन निर्देशन दिएको थियो ।
महानगरपालिकाले गएको साउनमै अन्डरग्राउन्डका पसल र अन्य संरचना हटाएर पार्किङ क्षेत्र बनाउन ३५ दिने सूचना जारी गरेको थियो । महानगरले दिएको समयमा अटेरी गरेर संरचना नहटाएपछि आफैँ भत्काउन थालिएको मेयर साहले बताउनुभयो । यस विषयमा मेयर साहले नेपाल प्रहरी र ट्राफिक प्रहरीको नेतृत्वसँग छलफल गरिसक्नुभएको छ ।
एक अध्ययनअनुसार काठमाण्डौका सबै अन्डरग्राउन्डलाई पार्किङ बनाएमा पार्किङको २५ प्रतिशत