भदाै १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

पालिका डायरी
४ भाद्र २०७९
हेटौँडामा एक्लै निर्वाचन लड्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराउनुभएको हो ।

अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिनुभयो । उहाँले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिक भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे नागरिकसँगै छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा जान लागेको महतले बताउनुभयो ।

प्रतिक्रिया