पार्टी पहिले जस्तो छैन, व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखियो : प्रचण्ड

पालिका डायरी
२ भाद्र २०७९, १२:०९
हामीलाई आत्मसमर्पणभन्दा मृत्यु स्वीकार्य छ: प्रचण्ड file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलेको जस्तो नरहेको बताउनु भएको छ ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताउनुभयो । अहिले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ ।

उहाँले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको भन्दै गुनासोसमेत गर्नुभयो । पार्टीका नेताहरुको बोली क्रान्तिकारी भए पनि व्यवहार, आचरण र दैनिकीमा त्यो नरहेको प्रचण्डको आरोप छ । पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी पनि गर्नुभयो । त्यसका लागि सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
Prachanda1640949111