जस्मिन पेन्ट्सको ग्राहकलक्षित उपहार योजना सार्वजनिक

पालिका डायरी
२ भाद्र २०७९

जस्मिन पेन्ट्सले ग्राहकहरुलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । चाडपर्व सँग–सँगै वर्षैभरि खुसीयाली साट्ने उद्देश्यकासाथ उपहार योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीकाअनुसार हिजो भदौ १ गतेदेखि आउँदो साउनको मसान्तसम्म “वर्षभरि हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति” भन्ने नाराका साथ ग्राहकलक्षित बम्पर उपहार योजना सञ्चालनमा ल्याएको हो ।

ग्राहकलक्षित उपहार योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ‘ड्र’ मार्फत प्रत्येक महिना १ सय १२ जनाले विभिन्न उपहारहरु प्राप्त गर्नेछन् । हरेक महिना १ जनाले नगद एक लाख, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र एक सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने कम्पनीले जनाएको छ । उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले अनिवार्य रुपमा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।

७५ हजारदेखि १ लाख रुपैयाँसम्मको खरिदमा १ वटा कुपन, १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्मको खरिदमा २ वटा कुपन र १ लाख ५० हजारदेखि माथिको खरिदमा ३ वटा कुपन प्रदान गरिने र कुपनको अर्धकट्टीलाई लक्की ‘ड्र’ मा समावेश गरिने छ । यसरी लक्की ‘ड्र’ मा समावेश गरिएका कुपनहरुबाटै प्रत्येक महिना १ सय १२ जना भाग्यशाली विजेता बन्नेछन् ।

प्रतिक्रिया