प्रहरीको बलमा आज पनि काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

पालिका डायरी
१ भाद्र २०७९, ११:४५
प्रहरीको बलमा आज पनि काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

काठमाडौं / काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर प्रहरी परिचालन गरेर आज पनि बञ्चरेडाँडा लगिँदैछ। स्थानीयको अवरोधका बीच प्रशासनले प्रहरी परिचालन गरेर काठमाडौंको फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजान लागिएको हो।

प्रहरी प्रशासनको सहयोगमा मंगलबार १ सय ८६ गाडी फोहोर ल्यान्डफिल साइट लगिएको थियो। स्थानीय अवरोधपछि मंगलबार पनि प्रहरीले बल प्रयोग गरेको थियो। स्थानीयको अवरोधका बीच केही राउण्ड हवाई फायर समेत गरिएको थियो।

सडक निर्माण तथा मर्मत सकिनुपर्नेलगायतका माग पूरा हुनुपर्ने बताउँदै स्थानीले सडकमा अवरोध गर्दै आएका छन्। स्थानीयहरू बुधबार पनि बञ्चरे डाँडामा जम्मा भएर बसेका छन्। यता फोहोर बोकेर गएका १ सय सवारी साधन मुड्खुबाट अगाडि बढिसकेका छन्।

प्रतिक्रिया
Untitled_1-1660713181