अर्थमन्त्री शर्मा र मेयर सम्पाङबीच भेट, खानेपानी समस्या समाधान गर्न संघीय सरकारको सहयोगको प्रतिबद्धता

पालिका डायरी
१ भाद्र २०७९, ११:१५
अर्थमन्त्री शर्मा र मेयर सम्पाङबीच भेट, खानेपानी समस्या समाधान गर्न संघीय सरकारको सहयोगको प्रतिबद्धता

काठमाडौं / अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले उपमहानगरपालिकालाई सहयोग गर्ने आश्वसन दिएका छन् ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका छन् । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भने । भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । उनले भने, ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनुहोला।’

प्रतिक्रिया