प्रचण्डमाथि बालेन्द्रको टिप्पणी, ‘सडक बेहाल बनाउनेको घरमा बसेर कुन नैतिकताको कुरा गर्नुहुन्छ ?’

पालिका डायरी
३१ श्रावण २०७९, २०:४२
काठमाडौं महानगरको मेयरका उम्मेदवार बालेनद्वारा २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि नैतिकताको प्रश्न उठाउनुभएको छ ।

प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले जिम्मा लिएको बालाजुबाट नुवाकोटसम्मको सडक बेहाल अवस्थामा रहेको छ । आज बालेन्द्र शाहले बेहाल सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै भन्नुभएको छ, ‘श्रीमान् प्रचण्डज्यू, उपत्यकाको फोहर लैजान प्रयोग गरिने ककनीको बाटो विगत आठ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

प्रतिक्रिया