माओवादीको स्थायी कमिटी बैठक बस्दै, बाबुरामसँगको सहकार्यका विषयमा छलफल हुने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रणनीति बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्यलगायतका समसामयिक िविषयमा छलफल हुने बताइएको छ ।
भट्टराई नेतृत्वको नेसपाले माओवादी केन्द्रसँग एउटै घोषणा पत्र लिएर प्रतिष्पर्धामा गर्ने विषयमा प्रचण्डसँग सहमति जनाइसकेका छन् । आजको बैठकमा प्रचण्डले स्थायी समिति सदस्यहरुलाई नेसपासँगको. छलफलबारे ब्रिफिङ गर्नेछन् ।
बाबुराम गोरखा २ बाट चुनाव उठ्ने तयारीमा छन्। समाजवादी केन्द्र बनाउने तयारी गरे पनि अहिलेका लागि भने चुनावी मोर्चा बनाएर जान बाबुराम र प्रचण्ड सहमति नजिक छन्।
प्रतिक्रिया