करेन्ट लागेर एक जनाको मृत्यु

पालिका डायरी
३० श्रावण २०७९, ११:२३
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

रामेछापको मन्थली नगरपालिका–७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जंगलमा गाईवस्तु चराउन गएका ५५ वर्षीय बिजुली माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार गाईवस्तु चराउने क्रममा पोलबाट भुईमा लत्रिएको टु फेज बिजुलिको तारमा माझिले छोएपछि करेन्ट लागेर मृत्यु भएको हो। प्राधिकरणको लापरबाहीले माझीको मृत्यु भएको भन्दै पीडित पक्षले क्षतिपूर्तिको माग राखी सव उठाउन अवरोध गरेका थिए।

ढकालका अनुसार नेपाल विद्युत् प्राधिकरणले कानुन बमोजिम २५ हजार क्रसिया खर्च र ५ लाख क्षतिपूर्ति दिने सहमति गरेपछि उनको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल लगिएको थियो। प्राधिकरणले मृतकको छोराछोरीलाई शिक्षा दीक्षा, योग्यता र क्षमता अनुसारको रोजगारीको पहल गर्ने प्रतिबद्ता समेत जनाएको छ।

प्राधिकरणको लापरबाहिका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

प्रतिक्रिया