लागुऔषध ब्राउन सुगरसहित बर्दियामा ५ जना पक्राउ

पालिका डायरी
२९ श्रावण २०७९, १८:३३

बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

अलग अलग स्थानबाट दुई र तीन जना पक्राउ परेका हुन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२ फुटाहास्थित दशगजा नजिकैको बाटोमा चेकजाँच गर्ने क्रममा शंकास्पद तरिकाले भारतबाट नेपालतर्फ आइरहेका दुई जनालाई प्रहरीले खानतलासी गरी नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–२ बस्ने नबिन थापा र सन्देश खत्री रहेका छन्।

उनीहरुको साथबाट १ ग्राम १८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद भएको छ।

यता, ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी गस्ती टोलीले मधुवन नगरपालिका–७ तारातालस्थित खाली चौरमा शंकास्पद अवस्थामा रहेका तीन जनाबाट २५० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने पवन महत, सुदिप थिङ र पासाङ तामाङ रहेका छन्।

उनीहरु पाँचै जनालाई अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया