निर्मला पन्त प्रकरणमा पक्राउ परेका दिलीपसिंहविरुद्ध युवतीलाई दुर्व्यवहार गरेको आरोप

पालिका डायरी
२३ श्रावण २०७९, १३:०९
निर्मला पन्त प्रकरणमा पक्राउ परेका दिलीपसिंहविरुद्ध युवतीलाई दुर्व्यवहार गरेको आरोप

निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका दिलीपसिंह विष्टविरुद्ध युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ का विष्टले बाटोमा हिड्ने युवतीलाई जिस्काउने गुनासो आएको प्रहरीले जनाएको छ ।

चार वर्षअघि निर्मला पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टले रेडक्रस–उल्टाखाम सडकमा हिँड्ने किशोरीहरुलाई जिस्काउने र हैरानी गरेको सूचनाका आधारमा अनुसन्धान भइरहेको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए ।

२०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको बलात्कार र हत्या भएको थियो । उक्त घटनामा पक्राउ परेका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।

 

प्रतिक्रिया