हेटौंडा अस्पतालले करेन्ट लागेर उपचारमा आएका बालकलाई मृत घोषणा गरेपछि ……

पालिका डायरी
२१ श्रावण २०७९, २०:३५
हेटौंडा अस्पतालका ३६ जना कर्मचारीमा कोरोना

हेटौंडा  /  हेटौंडा ९ सिमेन्टरोडका १४ बर्षिया शोहन लामालाई कर्रा खोलामा दिउँसो २ः३० बजेतिर पौडी खेल्ने क्रममा करेन्ट लाग्यो । स्थानीय तथा परिवारको रहोबरमा उपचारको लागि दिउँसो ३ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्पतालमा ल्याइपुराए । अस्पताल ल्याएको केहि बेरमा नै अस्पतालका डिउटीमा खटिएका डाक्टरहरुले लामालाई मृत घोषणा गरिदिए । पोष्टमार्टमका लागि बच्चाको अभिभावकलाई जिम्मा दिए ।

बालकको बुवा रोजगारीको क्रममा नारायणगढमा रहेका कारण तुरुन्तै हेटौंडा आउन लागि आफन्तले खबर गरिदिए । उनका बुवा आउन केहि समय लाग्ने भएपछि उक्त मृत भनिएका लामालाई आफन्तले घेरेर बसिरहे । मनले नमानेपछि उनको काकी पर्ने एक महिलाले उनको हातगोडामा मुसारिन् । तब उनले उक्त बालकको हातगोडा तातो छ भन्दै चिच्याइन् । सबैले आएर हात गोडा र छातीमा मुसार्न थालेपछि करिव ६ बजेको समयमा बालकले दुवै आँखाबाट आँसु झारेको एक प्रत्यक्ष दर्शीले बताए ।

त्यस पछि बच्चा दिउँदै छ । उपचार गर्न पर्यो भन्दै बालकका आफन्तहरुले अस्पताललाई दवाव दिन थालेपछि अस्पतालको ध्यान उक्त बालकको उपचार तिर लगाएर उपचार गर्न सुरु गरियो । घटना घटेको लामो समयसम्म पनि बालकको चेत रहेकै अवस्थामा अस्पतालले मृत घोषणा गरेको भन्दै हाल स्थानीय तथा बालकका आफन्तहरुले अस्पताल घेराउ गरिरहेका छन् ।

यता अस्पताल प्रशासनले भने गल्ति गर्ने डाक्टरलाई कारवाही गरिने बताउँदै अहिले बच्चलाई कसरी बचाउने भन्ने तर्फ सोच्ने बेला भएको कारण अन्य बहसमा नलाग्ने जनाएको छ । यद्यपी उक्त बालकलाई हेर्ने डाक्टरको नाम भने बच्चाको अभिभावकलाई पनि थाहा नभएको र अस्पतालले नाम दिन पनि नमानेको भन्दै पीडित पक्ष आक्रोशित भएका छन् । हाल उक्त बालककोे उपचार भैरहेको छ ।

प्रतिक्रिया
hetauda1631778945_768