नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको परकम्प

पालिका डायरी
२१ श्रावण २०७९, शनिबार ०६:५९
भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ ।

बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । यो परकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत महसुस गरिएको छ ।

२०७२ सालको भूकम्पपछि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि गएको आइतवार खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि खोटाङमा पनि पटक–पटक परकम्प गएका छन्।

प्रतिक्रिया