‘फुल इमर्जेन्सी’ व्यवस्था गरेर अवतरण गरिएको थियो श्री एयरलाइन्सको जहाज

श्री एयरलाइन्सको जहाज आज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। जहाजमा धुँवा देखिएपछि उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्रीएअरलाइन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिएका छन्।
चौधरीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि बिहान ९ बजेर ४९ मिनेटमा उडेको ९ एन—एएनएफ ४३२ जहाजमा ७९ जना यात्रु सवार थिए। यात्रु सुरक्षित छन्।
हाल काठमाडौंबाट इञ्जिनियरको टोली बोलाएर प्राविधिक जाँच सुरु गरिएको छ। त्यसपछि मात्र के कारण धुँवा आयो भन्ने पत्ता लाग्ने उनले बताए।
विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो।
प्रतिक्रिया