केपी ओलीको क्षेत्रबाट चुनावमा उठ्ने रन्जित तामाङको घोषणा

पालिका डायरी
१९ श्रावण २०७९, ११:३०
केपी ओलीको क्षेत्रबाट चुनावमा उठ्ने रन्जित तामाङको घोषणा

नेकपा माओवादी केन्द्रीय सदस्य रन्जित तामाङले झापाबाट चुनाव लड्ने घोषणा गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट आसन्न चुनाव उठ्ने तामाङले घोषणा गरेका हुन् ।

बुधबार एक टेलिभिजन कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । प्रतिगमनको सामना गर्नुपर्ने ठाउँबाट चुनावमा उठ्न खोजेको तामाङको भनाइ छ ।

‘जसबाट हामीले देशको विकास र समृद्धिको अपेक्षा गर्यौं उसैले विकास र समृद्धिकोविरुद्ध धावा बोल्यो त्यहीँबाट म चुनाव लड्न चाहन्छु,’ तामाङले भने, ‘गठबन्धनलाई टिकट दिन अनुरोध गरेको गरेको छु, हामी विधि र पद्धतिमा छौँ । कुनै स्वतन्त्र उम्मेदवारले घोषणा गरे जस्तो गरेर हिँड्न मिल्दैन ।’

झापाबाट चुनाव उठ्दा जनताले अनुमोदन नगरेको खण्डमा पनि त्यसलाई सहर्ष स्वीकार्ने तामाङले उल्लेख गरे । ‘जनताले अनुमोदन नगरेको खण्डमा कुनै आरोप र टिप्पणी गर्ने छैन ।’

वृद्ध भत्ता खाने उमेरमा सत्ता खोज्नेविरुद्ध युवा उठ्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया