शुद्विकरण आफैँबाट थालाै: केन्द्रीय सदस्य राना

पालिका डायरी
१६ श्रावण २०७९, १४:५५

हेटौंडा / नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाले शुद्विकरण अाफैँबाट थालाै, कम्युनिष्ट अान्दाेलनलाई निष्ठाका साथ अगाडि बढाउन पर्ने बताउनु भएकाे छ ।

नेकपा एमाले, मकवानपुर जिल्लाद्वारा अायाेजना गरेकाे विभिन्न समितिकाे सपथ ग्रहण कार्यक्रममा सम्बाेधन गर्दै नेता रानाले अाज गठबन्धन सरकारकाे नाममा राष्ट्रघात, जनविराेधी, अराजक क्रियाकलापले सीमा नाघेकाे बताउँदै नेकपा एमालेकाे प्रभावकारी भूमिकाबाट नै यस्ताे गलत क्रियाकलापलाई विस्थापन गर्नसक्ने बताउनु भयाे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बाग्मती प्रदेशका प्रथम मूख्यमन्त्री डाेरमणि पाैडेलले नेपालकाे राजनीतिमा नेकपा एमालेकाे भूमिकाकाे प्रभावकारी बनाउँदा नै राष्ट्रियताकाे रक्षा, संघीय गणतन्त्रकाे सुदृढीकरण र जनताकाे समस्या हल गर्न सकिने बताउँदै पार्टीकाे अभियानमा सबै कार्यकर्ता परिचालित हुनपर्ने बताउँनु भयाे । कार्यक्रममा लेखा समितिकाे संयाेजकमा शेखर थपलियाकाे संयाेजकत्वमा ७ सदस्यीय, जिल्ला सल्लाकार कमिटी बलराम हुँमगाईकाे नेतृत्वमा १ सय २५ सदस्यीय, जेष्ठ कम्युनिष्ट मञ्च बनमाली सुवेदीकाे अध्यक्षतामा २९ सदस्यीय गठन गरेकाे छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्य बलराम बलले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू रघुनाथ खुलाल, दिलबहादुर घिसिङ्ग, अर्जुन अर्याल, भाेजराज ढकाल, जिल्ला उपाध्यक्ष लालबहादुर थापा, सचिव नवीन सिग्देल, उपसचिव हिदम लामा, सीता विष्टलगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया