छानबिन समितिले आज प्रतिवेदन बुझाउँदै

पालिका डायरी
१३ श्रावण २०७९
अब देशमा 'लकडाउन' हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ / पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई छानबिन प्रतिवेदन बुझाउने भएको छ ।

बिहीबार अन्तिम प्रतिवेदन तयार गरेको समितिले आज सभामुख समक्ष उक्त प्रतिबेदन बुझाउन लागेको हो । सिंहदरबार बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको थियो ।

समिति सचिव सुरेन्द्र अर्यालले समितिको प्रतिवेदन तयार भएको र केही प्राविधिक कुरा मिलाएर शुक्रबार सभामुखलाई बुझाइने जानकारी दिएका थिए । समिति सचिव सुरेन्द्र अर्यालले केही विषयमा सहमति जुटेको र नमिलेका विषयलाई पनि समावेश गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

करका दर हेरफेरका विषयमा अनधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते समिति गठन गरेको थियो ।

प्रतिक्रिया