प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् छलफल हुने कार्यसूची

पालिका डायरी
१० श्रावण २०७९, ११:३४
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन (प्राधिकरण) विधेयक, २०७६ माथिको छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, राष्ट्रिय सभामा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन (प्राधिकरण) विधेयक, २०७६ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुुत गर्ने कार्यसूची रहेको छ ।

आज नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पति भएको ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

छलफल सकिएपछि यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया