राप्ती खोला किनारमा मृत भेटिएको पुरुषको पहिचान खुल्यो

पालिका डायरी
९ श्रावण २०७९
मनहरीमा आफ्नै घरमा महिला मृत अवस्थामा फेला

हेटौंडा /  मकवानपुरको हेटौंडा-११ नवलपुरको नयाँ राप्ती पुल तल खोला किनारमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ ।

शव हेटौंडा-१ चौकीटोल घर भएका ५२ वर्षीय मधु भन्ने तेजप्रसाद देवकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आईतबार दिउँसो देवकोटाको शव खोला किनारमा छेउमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । देवकोटाको स्थायी घर चौकीटोल भएपनि परिवारबाट अलगिएर विगत ३/४ वर्षदेखि नवलपुर बस्दै आएका थिए ।  घटनाको आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया