दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा–४’ को शुभमुहूर्त, छायाँकन आजैबाट शुरू

पालिका डायरी
९ श्रावण २०७९
दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा–४’ को शुभमुहूर्त, छायाँकन आजैबाट शुरू

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा–४’को निर्माण घोषणासँगै शुभमूहुर्त गरेका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रको सोमबार बिहान भक्तपुर सूर्यविनायकस्थित गणेश मन्दिरमा औपचारिक निर्माण घोषणासँगै शुभमुहूर्त गरिएको हो ।

मुहूर्तसँगै चलचित्रको छायाँकन पनि सोमवारबाटै प्रारम्भ गरिएको छ । ‘छक्का पञ्जा’का तीनवटै शृंखला दीपाश्रीले निर्देशन गर्दै आएकोमा ‘छक्का पञ्जा–४’लाई भने हेमराज बिसीले निर्देशन गर्दैछन् ।

चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहनेछ ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । चलचित्रलाई कहिले रिलिज गर्ने भन्नेबारे निर्माण टिमले जानकारी दिएको छैन । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

प्रतिक्रिया