भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका ३ जनाकै परिचय खुल्यो

पालिका डायरी
८ श्रावण २०७९, १७:०३
भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १५ जना घाइते, ३ जनाको अवस्था चिन्ताजनक

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा आज आइतवार दिउँसाे रुख ढलेर बस र स्कुटी च्यापिँदा भक्तपुर २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीकाे हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको ज्यान गएको हो । भुजेल स्कुटरमा हुनुहुन्थ्यो भने बाँकी दुई जना गाडीमा हुनुहुन्थ्यो । यस्तै घाइते १५ जनाको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुखको जरा कमजोर भएर ढलेको देखिएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । रुख ढलेपछि सडक केही बेर बन्द भएको थियो । क्रेन लगाएर रुरूख र बसलाई हटाएपछि अहिले गाडी चल्न थालेकाे छ ।

प्रतिक्रिया