कैलाश गाउँपालिकाले करारका कर्मचारी हटायो, १ नं. वडा कार्यालयमा ताला
कैलाश गाउँपालिकाले करारका कर्मचारी हटाइएको छ । पालिकाले कुनै आधार नखुलाई र परीक्षासमेत नलिई वर्षौंदेखि काम गर्दै आएका करारका कर्मचारीलाई हचुवाका भरमा हटाएको छ।
पालिकाले श्रावण २ गते निकालेको सूचनामा साउन १ देखि काममा नआउन भनिएको छ। कैलाश गाउँपालिका वडा नम्बर १ कार्यालयमा करारका कर्मचारीलाई राजनीतिक आस्थाकै आधारमा हटाएको निर्णयको बिरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरेको छ ।
सोही कार्यालयमा कम गर्दै आएका कार्यालय सहयोगि राजेन्द्र लामाले राजनीति को आधारमा हटाएको भन्दै विरोध स्वारुप तालाबन्दी गरेको बताए । स्थानीय तहले आवश्यकताअनुसार करारमा कर्मचारी राख्न र हटाउन भने पाउँछन्, तर उचित कारण खुलाउनु पर्दछ कार्यालय सहयोगी आसमान थिङले भने आफ्नो पार्टीभन्दा फरक आस्था राख्नेहरूलाई करार सेवाबाट हटाउनु गलत छ, यसको बिरोध गर्दछौँ ।
पालिकाहरूले नयाँ आर्थिक वर्ष सुरू हुनै लाग्दा विना कारण कर्मचारी हटाएका हो । असार २२ मा गाउँ कार्यपालिका बैठकले करार सेवाका कर्मचारीको म्याद थप नगर्ने र साउन १ देखि काममा नलगाउने निर्णय गरेको थियो। गाउँपालिकाले बिषयगत शाखा, कार्यालय सहयोगि,स्वास्थ्य, न्यायीक जस्तामा काम गर्न नियुक्त गरिएका करार सेवाका कर्मचारी हटाएका छन् ।