मन्त्री आलेले दिए राजीनामा

पालिका डायरी
१२ असार २०७९, १५:१८
सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक 'सेकेन्ड' पनि कुर्सीमा बस्दिनँ : मन्त्री आले

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र बुझाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई उनले यसअघि नै आफूले २४ घन्टाभित्र राजीनामा दिने बताएका थिए ।

आलेले नेपाललाई आफ्नो राजीनामा पत्र बुझाए पछि यसबारे थप निर्णय नेपालले लिने बताइएको छ । नेपालनिकट एक नेताका अनुसार अब नेकपा एकीकृत समाजवादीका अन्य मन्त्रीहरुको पनि राजीनामा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीहरु नियुक्त गर्नेछन् ।

आइतबार साँझसम्म वा सोमबार दिउँसोसम्म नयाँ मन्त्रीहरुले सपथ लिने उनले दाबी गरेका छन् । यसअघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि आलेसहित सरकारमा सहभागी ४ मन्त्री र ६ सांसदले संसदीय दलको बैठक बोलाउनु पर्ने माग राख्दै नेपाललाई ज्ञापन पत्र बुझाएका थिए ।

सरकारमा रहेका नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन अनुरोध गर्दै आएका छन् । तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुले पार्टीबाट भएको निर्णय मान्नु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया