संगठन बिस्तारमा लागौं : दीपक सिंह
हेटौडा / हेटौडा उपमहानगरपालिका वडा नं. ५ मा अगुवा नेता तथा कार्यकर्ताहरुको समीक्षा र भावि रणतिनि बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा किसान संगठनका केन्द्रीय सदस्य यदुनाथ तिमलसिना , बरिस्ठ नेता दिपक बहादुर सिंह , बरिष्ठ उपाध्यक्ष सागर थापा , उपाध्यक्ष ईन्दिरा न्यौपाने डल्लाकोटि , उपाध्यक्ष राजु संजेल , सह-कोषाध्यक्ष सन्दिप कुमार सापकोटा , क्षेत्रीय सचिव बिकास दुलाल लगायत अगुवा नगर र वडा स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता दिपक बहादुर सिंहले संगठन बिस्तारमा लाग्न अनुरोध गर्दै काङ्ग्रेस एेमाले माअोवादिका नेताहरुले अहिले भन्दा तीन गुणा बढि भोट अासन्न निर्वाचनमा दिने भन्दै भावुक हुँदै अाफु काहा अाएको र अाफ्ना कार्यकर्ताहरुको भोटमा त्यो भोट थपिदा अन्य दलका उमेद्ववारहरुको भागाभाग हुने भ्रष्टाचार गरेर कमाउछु भनेर करोडौ रकम चुनावमा बाड्नेहरु सुकुम्बासी हुन सक्छन होसियार हुन अनुरोध गरेका थिए ।