असार १५ गते डेरी फूड फेष्टिबल, केके पाइन्छ ?

पालिका डायरी
११ असार २०७९, १०:५४

काठमाडौं / राष्ट्रिय दुग्ध विकास बोर्ड संगको सहकार्यमा डेरी उद्योग संघले यहिअसार १५ गते “डेरी फूड फेष्टिवल” गर्ने भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डसंगको सहकार्यमा डेरी उद्योग संघले आयोजना गर्ने “डेरी फूड फेष्टिवल” हुन लागेको संघले जनाएको हो ।

मेला यही १५ गते दही चिउरा खाने दिनमा मेला दिनको २ बजेदेखि ५ बजेसम्म अनमोल ब्यांकेट, शंखमुलमा हुने जनाइएको छ ।

स्वदेशी दूध तथा दुग्धजन्य पदार्थहरुको खपत अभिवृद्धि गर्ने उद्देश्यले हुन लागेको संघको धारणा छ ।

मेलामा दुग्ध तथा खाद्य विज्ञहरुको कार्यपत्र प्रस्तुत, दुग्धजन्य पदार्थहरुका परिकारको प्रत्यक्ष पक्वान तथा निशुल्क वितरण एवं विभिन्न व्राण्डका आइसक्रिम तथा डेरी उद्योगहरुको स्टल रहने छन् ।

संघका अध्यक्ष राजकुमार दाहालका अनुसार यसपटक डेरी फूड फेष्टिबल एकदमै फरक हुने बताए ।

 

प्रतिक्रिया