गैर जिम्मेवारीपूर्वक हेटौँडा उपमहानगरको नगरसभा स्थगित गरिनु दुःखद : एमाले

पालिका डायरी
१० असार २०७९, १७:५८

हेटौँडा / नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको नगरसभा गैर जिम्मेवारीपूर्वक स्थागित गरेको आरोप लगाएको छ । नगरसभा स्थागित भएपछि एमाले पार्टी कार्यालय हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि नेकपा एमाले हेटौँडा उपमहानगरपालिका पालीका दलले नगर प्रमुखको हठ र घमण्डाको कारण नगरसभा स्थगित गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पालिका दलका प्रमुख तथा हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देलले नगरसभालाई सरल र सहज ढंगबाट सञ्जालन गर्न भएको सर्वदलीय बैठकको निर्णयलाई समेत अवज्ञा गर्दै नगर प्रमुखबाट नगरसभा स्थगित हुनु दुःखद भएको बताए ।

विषयगत समिति बनाएर छलफल नगर मेयर तथा उपमेयरले मनलाग्दी ढंगबाट बजेट ल्याउन खोजेको, कार्यपालीकाले पास नगरि बजेटलाई नगरसभामा प्रस्तुत गर्न खाजेको आरोप एमालेले लगाएको छ । कार्यपालिका र नगरसभा सदस्यहरुको विशिष्ट संरचना र दलीय प्रतिनिधित्वको मर्यादालाई ख्याल नदिई सहमति र सहकार्यको सस्कृतिलाई तिलान्जली दिएको भन्दै नेता सिग्देलले गठवन्धनको धङधगीबाट मुक्त हुन नगर प्रमुखलाई अनुरोध गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावना विपरित वाझिएका नियमावली र कार्यविधिलाई संसोधनको लागि नगरसभाका ५४ जना बहुमत सदस्यले हस्ताक्षर गरि पेश गरेकोमा नगरप्रमुखले बहुमत सदस्यहरुमो उक्त प्रस्तावलाई दर्ता नगरेर अलोक्तान्त्री चरित्र देखाएको एमालेले आरोप लगाएको छ ।

प्रतिक्रिया