भोलि साँझसम्म नयाँ मन्त्री आउँछन्, अहिलेका घर जान्छन्– राजेन्द्र पाण्डे

पालिका डायरी
१० असार २०७९, १६:१७
भोलि साँझसम्म नयाँ मन्त्री आउँछन्, अहिलेका घर जान्छन्– राजेन्द्र पाण्डे

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले भोलि शनिवार साँझसम्म पार्टीले सिफारिश गरेका मन्त्रीले शपथ लिने दावी गरेका छन् ।

शुक्रवार बसेको पार्टी पोलिटव्युरो बैठकपछि पाण्डेले भोलि साँझसम्म अहिलेका मन्त्री घर जाने र नयाँले शपथ लिने दावी गरेका हुन् ।

‘६ महिनाका लागि भनेर निर्णय भएर उहाँहरू मन्त्री बनेको हो । पार्टीको राजकीय मामिला विभाग प्रमुख मै हुँ । मेरै रोहवरमा त्यो निर्णय भएको थियो । अहिले थाहा थिएन भन्ने कुरा गलत हो,’ पाण्डेले भने, ‘मन्त्री पदमा हुँदा गाडी, झण्डा र सुरक्षा हुन्छ । सलामबाट तल ओर्लन गाह्रो भएको हो ।’

बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले शनिवार साँझसम्म नयाँ मन्त्रीको शपथ हुने दावी गरे । ‘जुन पत्रबाट उहाँहरू मन्त्री बन्नु भएको थियो, त्यही पत्रबाट फिर्ता हुनुहुन्छ । फिर्ता हुने नहुने भोलि बेलुकासम्म थाहा हुन्छ,’ पाण्डेले भने, ‘नयाँ टोली आउँछ । यी साथीहरू घर जान्छन् । मैले बोलेपछि हुन्छ भनेर बुझ्नुस् न ।’

संसदीय दलको बैठक बोलाउन माग गर्दै राखिएको ८ बुँदे पत्रको कुनै औचित्य नभएको पाण्डेले बताए । ‘पार्टी फोर्ने ताकत उहाँहरूमा छैन’ पाण्डेले भने ।

प्रतिक्रिया