‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं’ : भीम रावल

पालिका डायरी
३ असार २०७९, १३:०६
देउवालाई रावलको कटाक्ष : ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ file photo

नेकपा (एमाले) का नेता तथा पुर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाउन माग गरेका छन् । आज (शुक्रबार) संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले यस्तो माग गरेका हुन् । उनले भने,‘ ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं ।’

उनले एसपीपी प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन समेत आग्रह गरे । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी अब अगाडी बढ्दैन, अब कोट्याउँन हुँदैन भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत उनले बताए ।

प्रतिक्रिया