बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

पालिका डायरी
२५ जेष्ठ २०७९, १५:५५

काठमाडौँ / बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।

स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उनले बताए । प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए । काठमाडौंबाट दुई सय बढी प्रहरी बञ्चरेडाँडामा परिचालन भएका छन् । ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ । स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन् ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया