भीमफेदी गाउँपालिका २०७९/०८० को बजेट बनाउने तयारीमा जुट्यो

राम कुमार दानी
हेटौंडा/ मकवानपुरको भीमफेदी गाउँपालिकाले २०७९/०८० को बजेट बनाउने तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि पालिकाले बजेट बनाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिए ।
गाउँपालिकाले वडाहरुलाई ८० लाखको बजेट सिलिङ तोकेको छ । गत २० गते शुक्रबार बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तोे निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महर्जनले जनकारी दिए । बैठकले पाँच वटा विषयगत समिति पनि गठन गरेको छ । पूर्वाधार विकास समितिमा जहारसिं लामा संयोजक रहेका छन् । सामाजिक विकास समितिमा प्रकाश पुडासैनी, आर्थिक विकास समितिमा काशीराम बज्यु, वन वातावरण तथा विपद् व्यवस्थापन समितिमा सोम बहादुर घलान र संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिमा मित्रबन्धु सिंजाली संयोजक रहेको महर्जनले बताए ।
आर्थिक बर्ष २०७९/०८० को लागि भीमफेदी गाउँपालिकालाई संघिय सरकार बाट ३५ करोड ५९ लाख अनुदान रकम उपलब्ध गराएको छ ।