भीमफेदीमा गुडिरहेको गाडीमा आगलागी

पालिका डायरी
११ जेष्ठ २०७९, २१:५८

हेटौंडा / भीमफेदीमा गुडिरहेको जिपमा आगलागी भएको छ ।

बुधबार राति साँडे ८ बजे आगलागी भएको हो । हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाण्डौ जोड्ने छोटोराजमार्ग अन्तर्गत भीमफेदी-४ भैसे नजिक गुडिरहेको बा ८ च ८०३० नंबरको गुडिरहेको कारमा आगलागी हुँदा जिप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सवारी चालक सुरक्षित रहेका छन् । अचानक कारको वायर सर्ट भएर आगलागी भएको हुनसक्ने प्रवक्ता कार्कीले बताए । प्रहरी,दमकल र स्थानीयको सहयोगले आगलागी नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया