चुनाव सकिएसँगै बैंकमा पैसा फर्कियो

पालिका डायरी
११ जेष्ठ २०७९, ०९:३६
२७ अर्ब २० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

काठमाडौँ / स्थानीय निर्वाचन, २०७९ सकिए लगत्तै बैंकमा पैसा फिर्ता हुन थालेको छ । चुनावको मुखमा पैसा बाहिरिए पनि पछिल्लो समय पुनः बैंकमा निक्षेप डिपोजिट बढ्न थालेको हो ।

बैंकर्स संघले दिएको रिपोर्ट अनुसार यस हप्ता अर्थात् वैशाख ३० गतेदेखि जेठ ६ गतेसम्ममा बैंकहरुमा ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । समीक्षा अवधिका ७ अर्बले निक्षेप बढाउँदै ४३ खर्ब ७७ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको छ । यो २७ वटा वाणिज्य बैंकहरुको मात्र तथ्याङ्क हो । उसो त अघिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि ३० गतेसम्म यस्तो निक्षेप बैंकहरुले ३ अर्ब रुपैयाँले गुमाउँदै ४३ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेका थिए । जुन स्थानीय तह निर्वाचनको विशेष समय थियो ।

यस्तै, निर्वाचन लगत्तै यता बैंकहरुको कर्जा लगानी समेत बढेको छ । अघिल्लो हप्ता अर्थात् वैशाख २३ देखि ३० गतेसम्म २ अर्ब रुपैयाँले गुमाउँदै ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता ३ अर्ब रुपैयाँले लगानी बढाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया
nepa-rastra-bank_arthasansa