मकवानपुरमा अब माइकिङ बन्द, गाडीमा झण्डा राख्न नपाईने

पालिका डायरी
२३ बैशाख २०७९, २१:२९
मकवानपुरमा देउसीभैलो खेल्न ८ बजे सम्म डान्सबार, होटल, रेष्टुरेन्ट राती चलाउन छैन वन्देज

हेटौँडा /  सयौँ सबारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि शनिबारदेखि मकवानपुरमा सबारीसाधनमा माइकिङ गर्न तथा सार्बजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडि प्रयोग गरि गरिने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै शनिवारदेखि यसलाई बन्द गर्ने निर्णय गरेको हो ।

सर्वदलीय बैठकमा सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिने निर्णय भएको छ । बैठकमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराउनेबारे छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया