स्थानीय तह निर्वाचन : मकवानपुरमा प्रमुख/उपप्रमुखको लागि कुन पालिकामा क–कस्को उम्मेदवारी ?

पालिका डायरी
१३ बैशाख २०७९, २१:३९

हेटौंडा / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लाका १० वटै स्थानीय तहमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा पालिका प्रमुख÷उपप्रमुख सहित सदस्य पदहरुको लागि जम्मा १ हजार ४ सय ४२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । १० वटा पालिकामा प्रमुख र उपप्रमुखको लागि मात्रै जिल्लामा १ सय ३२ उम्मेदवारी दर्ता भएको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका
स्थानीय तह निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जनाले र उपमेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । मेयर पदका लागि नेपाल कम्युनिष्ट पार्टीे तर्फबाट अनन्त प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट मीना कुमारी लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट दीपा लामा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट संजिव खराल, नेपाल मजदुर पार्टीबाट रमेश मान सिंहले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेलिनवादी बाट केशव घर्ती, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम, एकीकृत समाजवादीबाट रोमनाथ भूर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराईले मनोनयन दर्ता गरेका छन् ।
यस्तै, मेयर पदका लागि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संजय खरेल, सुरक्षा रिजाल, पुरुषोत्तम रुपाखेती, कविराज पाठक, प्रदिप ढकाल, देवराज पौडेल, लिला कुमारी आचार्य, विश्वनाथ पाण्डे, उत्तम कुमार दुलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यसैगरि,उपमेयरमा ९ जनाको उम्मदवारी परेको छ । उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले , नेपाली कांग्रेसबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा , राप्रपाबाट इन्दिरा न्यौपाने र स्वतन्त्रबाट सुरज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

थाहा नगरपालिका
जिल्लाको थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । थाहा नगरको मेयरका लागि नेपाली काँग्रेस (वि.पी.) का विर बहादुर भोम्जन, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोले, नेकपा एमालेका अच्युतम प्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका शुभराज गोले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बसुन्धरा पुडासैनीको उम्मेदवारी दर्ता भएको हो । त्यस्तै पालिका उपमेयरका लागि २ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । जसमा नेकपा एमालेबाट कल्पना बलामी र नेपाली काँग्रेसबाट भरत गोपालीको उम्मेदवारी दर्ता भएको छ ।

बकैया गाउँपालिका
स्थानीय निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदको लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्ष पदमा ८ जना र उपाध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुण दल ५ दलीय गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) ले आ–आफ्नै दाबी सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र १२ वटै वडाहरुमा वडा अध्यक्षको दाबी गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे,नेपाली कांग्रेसबाट धर्म लामिछाने,नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी, नेकपा मालेबाट कुमार बहादुर संजेल, नेकपा (एकिकृत समाजवादी) बाट नारायण तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राम प्रसाद दाहाल, जनता समाजवादी पार्टीबाट मान बहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेदवारी दिएका छन् ।
यसैगरि,उपाध्यक्ष पदको लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षको लागि एमालेबाट लालबहादुर स्याङ्तान, कांग्रेसबाट छाया अधिकारी,माओवादीबाट भक्त बहादुर खत्री,राप्रपाबाट सावित्री राई,जसपाबाट मिरा वाईवा,एकिकृत समाजवादीबाट उर्मिला राईले उम्मेद्वारी दिएका छन् ।

इन्द्रसरोवर गाउँपालिका
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्थानीय तहको निर्वाचनको लागि अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । एकीकृत समाजवादीबाट जीवन लामा, स्वतन्त्रबाट कुन्साङ लामा, त्यस्तै स्वतन्त्रकै अर्का उम्मेदवार दीपककुमार ठकुरी, नेकपा एमालेबाट देवकृष्ण पुडासैनी, जनता समाजवादीबाट देबकुमार लामा, नेपाली कांग्रेसबाट विश्वलाल लामा र राप्रपाबाट सुकबहादुर लामाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय इन्द्रसरोवरले जनाएको छ ।
त्यस्तै उपप्रमुखको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट उमाकुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा, जसपाबाट रस्मिला घिसिङ र स्वतन्त्रबाट कमलबहादुर घिसिङको उम्मेदवारी दर्ता भएको छ ।

मनहरी गाउँपालिका
आसन्न स्थानीय तहको निर्वाचनको लागि गाउँपालीका अध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा नेकपा (एकिकृत समाजवादी)बाट नारायण श्रेष्ठ, नेपाली कांग्रेसबाट रञ्जन कालाखेती, नेकपा एमालेबाट एकराज उपे्रती, नेपाली कांग्रेस (विपी) बाट शंकर न्यौपान, जनता समाजवादी पार्टीबाट गब्रेल प्रजा, राष्ट्रिय प्रजातन्त्र पार्टि बाट चन्द्र बहादुर पौडेल, सचेत नेपाली पार्र्टीबाट नवराज आचार्य र स्वतन्त्रबाट साधुराम अधिकारी, रामप्रसाद कालाखेती, साधुराम पोख्रेल र श्यामकृष्ण बर्तौला रहेका छन् ।
यस्तै उपाध्यक्ष पदका लागि नेकपा (एकिकृत समाजवादी)बाट मनिला विष्ट ,नेकपा माओवादी केन्द्रबाट मिना पुलामि मगर, नेकपा एमाले बाट सुजिता थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टिबाट माया कुमारी न्यौपान, नेकपा (माकर््सवादी लेनिनवादी)बाट शिवहरी उप्रती, नेपाली कांग्रेस (विपी)बाट जानुकी लामा र स्वतन्त्रबाट भुमीनन्दन अर्जेल क्षेत्री रहेका छन् ।

कैलाश गाउँपालिका
आसन्न स्थानीय तहको निर्वाचनको लागि कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट टंक मोक्तान, नेकपा एमालेबाट नररेन्द्रलाल रिजाल, नेपाल िकांग्रेसबाट लोकबहादुर मोक्तान, राप्रपाबाट सन्तबहादुर रुम्बा र नेपाल मजदुर किसान पार्टीबाट सन्तमाया बुढाथोकीले कैलाश गाउँपालिकाका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्षको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुकुमाया थिङ, राप्रपाबाट पार्वती लामा, माओवादी केन्द्रबाट बालकुमार मल्ल र स्वतन्त्रबाट श्यामकुमार उप्रेतीको उम्मेदवारी दर्ता भएको छ ।

मकवानपुरगढी गाउँपालिका
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट विदुर हुमागाई, गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजय सिंह ठकुरी, मंगोल नेशनल पार्टीबाट युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कंडेल र युवराज तिमल्निाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट सन्तु थिङ, गठबन्धनबाट माओवादी केन्द्रका मानकुमारी पाख्रीन, राप्रपाबाट हिरादेवी हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् ।

भीमफेदी गाउँपालिका
जिल्लाको भीमफेदी गाउँपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट हिदम लामा, राप्रपाबाट सुन्दर कुवँर, मंगोल अर्जनाइजेसनबाट विक्रम थिङ, बद्री स्याङतान माओवादी केन्दबाट र स्वतन्त्रबाट दीपक पुडासैनीले गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्षको लागि ३ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेबाट पार्वती राना, नेपाली कांग्रेसबाट संजीव श्रेष्ठ र राप्रपाबाट सानुमैया भुलुले उपाध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

राक्सिराङ गाउँपालिका
मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका लागि मंगोल नेशनल अर्जनाइजेसनबाट युनिस मोक्तान, जसपाबाट यस कुमार प्रजा, नेकपा एमालेबाट बाबुलाल स्याङ्तन, नेपाली कांग्रेसबाट राजकुमार मल्ल र नेकपा एकीकृृत समाजवादीको तर्फबाट कृष्ण बहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रबाट समाज लामा थिङ र हस्त बहादुर मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि नेकपा एमालेबाट सुन्तली माया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकीकृृत समाजवादीका तर्फबाट मिलन कुमारी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रबाट निर्मला डिमडुङले उम्मेदवारी दर्ता गराएकी छन् ।

बागमती गाउँपालिका
मकवानपुरको बागमती गाउँपालिकामा अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट खेमराज जर्गा मगर, नेकपा माओवादी केन्द्रबाट सर्केश घलान, राप्रपाबाट डिल बहादुर बल, मंगोल नेशनल अर्गनाइजेसनबाट कविर सिंह गोल, र सचेत नेपाली पार्टीबाट सोमबहार योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि तीन जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट ज्ञान सागर लामा, प्रशान्त सञ्जेल र शंकर कुमार पराजुलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपाध्यक्षका लागि स्वतन्त्रबाट विरेन्द्र गोले र बच्चु गोले खड्काले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रे्रेसबाट फणिन्द्र तिमल्सिना, नेकपा एमालेबाट धन माया स्याङ्तान र जन जागरण पार्टी नेपालका तर्फबाट राजमान राईले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तह निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जनाले र उपमेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ता अवधिमा आईतबार र सोमबार मेयर र उपमेयर पदका आकांक्षीहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मेयर पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट अनन्त प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट मीना कुमारी लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट दीपा लामा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट संजिव खराल, नेपाल मजदुर पार्टीबाट रमेश मान सिंहले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी९माक्र्सवादी लेलिनवादी०बाट केशव घर्ती, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्द प्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी९समाजवादी०बाट रोमनात भूर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, मेयर पदका लागि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संजय खरेल, सुरक्षा रिजाल, पुरुषोत्तम रुपाखेती, कविराज पाठक, प्रदिप ढकाल, देवराज पौडेल, लिला कुमारी आचार्य, विश्वनाथ पाण्डे, उत्तम कुमार दुलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

 

प्रतिक्रिया