मकवानपुरगढी गाउँपालिकामा एमालेले टुङ्गो लगायो अध्यक्ष र उपाध्यक्ष

पालिका डायरी
२७ चैत्र २०७८, २१:४१
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एमालेले टुङ्गो लगायो अध्यक्ष र उपाध्यक्ष आसन्न स्थानीय तहको निर्वाचमा नेकपा एमालेले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ ।
आइतबार बसेको नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीको बैठकले विदुर हुमागाईलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुमागाईले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थिङ यसअघि मकवानपुरढी गाउँपालिका वडा नं ४ को सदस्य थिइन् । उनले गाउँपालिकाको न्यायिक समितिमा रहेर काम गरिसकेकी छन् ।
प्रतिक्रिया