धादिङमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

पालिका डायरी
२३ चैत्र २०७८, १३:५८
धादिङमा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

धादिङको खनियावास गाउँपालिकामा स्थानीय चुनावको टिकटका विषयमा नेपाली कांग्रेस कार्यकर्ताहरूबीच झडप भएको छ ।

दुई पक्षबीच कूटाकुट हुँदा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । अनुहारमा चोट लागेका तामाङको अवस्था भने सामान्य रहेको छ ।

मंगलबार राति कांग्रेसका दुई पक्षबीच कुटाकुट भएको धादिङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुटपिटमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेको भन्दै प्रहरीले थप छानविन गरिरहेको बताएको छ ।

प्रतिक्रिया
nepali-congress