मकवानपुरका दश वटै स्थानीय तहमा एमालेको चुनाब लक्षित प्रशिक्षण

पालिका डायरी
१८ चैत्र २०७८
मकवानपुरमा समाजवादीमा सनाखत गरेका जनप्रतिनिधि एमालेमा फर्कनेको लहर

हेटौंडा / नेकपा एमालेले मकवानपुरका १० वटै स्थानीय तहमा आज निर्वाचन केन्द्रित पार्टी प्रशीक्षण कार्यक्रम आयोजना गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

पार्टीको जिल्ला स्तरका नेता, प्रदेश र केन्द्रीय कमिटबाट खटिएका प्रशिक्षकले प्रशीक्षण दिने कार्यक्रम तय भएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । सबै पालिकामा कम्तिमा २ सय जना पार्टी कार्यकर्ता प्रशीक्षण कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ ।

निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षीत गर्ने र चुनावी एजेन्डा तय गर्ने लगायतका प्रशिक्षणका विषय राखीएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया