अमेरिकी कलाकारहरूकाे समूहले नेपालमा चलचित्र छायाङ्कन गर्ने

पालिका डायरी
१५ चैत्र २०७८, २०:०६
अमेरिकी कलाकारहरूकाे समूहले नेपालमा चलचित्र छायाङ्कन गर्ने

काठमाण्डौ / नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनका लागि अमेरिकी राष्ट्रिय कलाकारहरूको समूह प्लेङफर चेन्ज फाउन्डेशनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा आएर चलचित्रको छायाङ्कन गर्ने भएका छन् ।

आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग भेट गरी फाउन्डेशनका निर्देशक ज्याक, कार्यक्रम निर्देशक थोमस सहितको टोलीले आउँदो वैशाखमा नेपालका पर्यटकीय क्षेत्रमा गएर चलचित्रको छायाङ्कन गर्ने जानकारी दिएको हो । भेटमा अमेरिकी टोलीले नेपालमा रहेको सुरसुधा समूहसँग सहकार्य गरी चलचित्र छायाङ्कन गर्ने बताएको छ ।

यस्तै फाउन्डेशनले नेपालको कला, संस्कृतिको जगेर्नाका लागि नेपालका विभिन्न जिल्लाको भ्रमण गरी उपयुक्त देखिएका ठाउँमा सङ्गित विद्यालयसमेत स्थापना गर्ने योजना बनाएको छ ।

यसअघि यो फाउन्डेशनले काठमाण्डौ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतले गाउँमा सङ्गित विद्यालय स्थापना गरिसकेको छ । ती विद्यालयहरूबाट निःशुल्क रूपमा सङ्गित सिकाउन थालिएको सुरसुधा समूहका तबला वादक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धन र यहाँको कला, संस्कृतिको जगेर्नाका लागि अमेरिकी कलाकारहरूको योजना स्वागतयोग्य रहेको मन्त्री आलेले बताउनुभयो । मन्त्री आलेले त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको वचन दिनुभयो ।

प्रतिक्रिया