एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

पालिका डायरी
१ चैत्र २०७८, १२:५०
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक मंगलबार बस्दैछ। स्थानीय तहको चुनाव नजिकिँदै गएपछि त्यसको तयारीसहितका विषयमा छलफल गर्न नेकपा एमालेले दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाएको हो ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डाका बारेमा पनि छलफल हुने एमालेले जनाएको छ। एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक चाँडै बोलाउने तयारी गरेको छ । यसबारे सोमबार केन्द्रीय कार्यालयको बैठकमा एमालेले छलफल गरेको थियो ।

प्रतिक्रिया