एकैपटक ४ सय कर्मचारीको सरुवा गर्नु गैरकानुनी काम : अष्टलक्ष्मी शाक्य

पालिका डायरी
३० फाल्गुन २०७८, १५:५९
एकैपटक ४ सय कर्मचारीको सरुवा गर्नु गैरकानुनी काम : अष्टलक्ष्मी शाक्य

हेटाैंडा /  नेकपा एमाले उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारसँग एकैपटक ४ सय कर्मचारी सरुवा गर्नुको कारण माग गरेकी छन् । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै उनले गैरकानुनी रूपमा कर्मचारी सरुवा गरेको आरोप लगाउँदै कारण माग गरेकी हुन् ।

नियमविपरित सरुवा गर्दा बेथिति निम्तिने भन्दै नियम विपरित काम गर्नुको औचित्य औंल्याउन मुख्यमन्त्री राजेन्द्र पाण्डेसमक्ष माग गर्नु परेको शाक्यले बताइन् । कानुन र विधिविपरित निर्णय गर्न प्रदेश सरकारलाई पनि छुट नहुने भन्दै कर्मचारीको अधिकार माथि हनन् भएको शाक्यले बताइन् ।

‘कर्मचारीको पनि आफ्नो अधिकार हुन्छ । सरुवा गर्न परे पनि विधि, मूल्यांकन र कानुनी रूपमा मात्रै सरुवा गर्नुपथ्र्यो,’ पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले भनिन्, ‘आफ्नो खुसीले एकैपटक ४ सय कर्मचारी सरुवा गर्नु गैरकानुनी काम भएको छ । यस विषय प्रष्ट पारिदिन हुन मुख्यमन्त्री ज्यूलाई अनुरोध छ ।’

प्रतिक्रिया