एमसीसी अघि बढाउनेहरु नै अहिले विरोध गरिरहेका छन् : प्रधानमन्त्री देउवा

पालिका डायरी
३० फाल्गुन २०७८, १५:५३
एमसीसी सम्झौता संसदबाट पारित हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको तूक नभएको टिप्पणी गर्नुभयो । किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्ताव आफूहरुले पारित गरेको बताउनुभयो ।

रावल आफै रहेको क्याबिनेटले प्रस्ताव ल्याउँदा के हेरेर बसेको भन्दै देउवाले अहिले विरोध गर्न लाज लाग्दैन भन्दै प्रश्न गर्नुभयो ।

प्रतिक्रिया