प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, भीम रावलद्वारा एमसीसीको विरोध

पालिका डायरी
२९ फाल्गुन २०७८, १३:५३
देउवालाई रावलको कटाक्ष : ‘कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो’ file photo

काठमाण्डाै /  प्रतिनिधि सभाको आज आइतवारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।

गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आज पनि बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् । नाराबाजीकै बीचमा एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गर्नुभयो ।

यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाउनुभयो । भारतको हस्तक्षेपविरुद्ध सरकारले कुनै प्रतिक्रिया र विरोध नगरेको भन्दै उहाँले सरकारको चर्को आलोचना गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि भारतले पटक–पटक नेपाली भूमि मिचिरहेकोमा अहिले महाकालीमा डोजर लगाएर धार परिवर्तन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया