आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उपमहासचिव ज्ञवाली

पालिका डायरी
२९ फाल्गुन २०७८, ११:५४
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ: उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभएकाे हाे । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उहाँकाे भनाइ छ। उहाँले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजेपनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताउनुभएकाे छ ।

एमालेप्रति जनताकाे आर्कषण देखेर सत्ता गठबन्धन दलहरुले एक्लै चुनाव लड्ने स्थितिमा पुगेको उहाँले बताउनुभयो । गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आज (आइतबार) उहाँले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएकाे छ ।

नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उहाँले नेता कार्यकर्तालाई निर्धक्क भएर निर्वाचनकाे तयारीमा लाग्न आग्रह समेत गर्नुभयो ।

उहाँले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानीय तहमा जित हाशिल गर्ने सुनिश्चि भएको दावी गर्दै त्यसको प्रमाण एमाले बाहेका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउँन दिएको निर्देशनले काग्रेस समेत एमालेसँग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताउनुभयो ।

उहाँले एमाले सरकारले गरेका काम जनतासम्म मात्रै पुराउँदा एमाले बाहेकका दललाई जनतासँग भोट माग्न जाने हैसियत नहुने पनि उहाँको भनाइ छ । वर्तमान सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाउनुभयो ।

उपमहासचिव ज्ञवालिले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गईरहेकोप्रति चिन्ता समेत व्यक्त गर्नुभयो । गठबन्धन सरकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्थिति दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गर्दै बढ्दो मङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र सत्ता गठबन्धन दलहरु गम्भीर नभएको उहाँको आरोप छ ।

त्यस्तै एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उहाँले असन्तुष्टि जनाउनुभएको छ । सत्तारुढ दलभित्रै एमसीसीका विषयमा धारणा फरक र द्वयद चरित्र देखिएको बताउँदै उहाँले सो विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नेता कार्यकर्ताहरुलाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीब्रताका साथ लाग्न आग्रह गर्नुभएको छ ।

मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दावी गर्दै उहाँले जनताको साथ पाउनेमा ढुक्क हुन समेत आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया