भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी चल्दै

पालिका डायरी
२९ फाल्गुन २०७८
भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकाको खोजी चल्दै

भेरी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका तीन जना बालबालिकाको अवस्था अझै थाहा हुन सकेको छैन ।

नदीमा बालबालिका हराएदेखि नै खोजी भइरहेको तर अहिलेसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हिजो बेलुका पाँच बजेतिर भेरीगङ्गा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ का १२ वर्षकी गङ्गा खड्का, १२ वर्षकी कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका-५ का ८ वर्षका दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया