प्रकाश सपुतको ‘पीर’ विवादमा : माफी माग्दै युट्युबबाट हटाउन चेतावनी

पालिका डायरी
२८ फाल्गुन २०७८, २१:२३
प्रकाश सपुतको गीतमा माओवादी ‘जनयुद्ध’का अयोग्य लडाकुका ‘पीर’

गायक प्रकाश सपुत सार्वजनिक गरेको नयाँ गीतको भिडियोलाई लिएर विवाद सुरु भएको छ । गायक सपुतले आफ्नो अफिसियल युट्युब च्यानलमा ‘पीर’ बोलको गीत सार्वजनिक गरेका थिए ।

गायक सपुतले माओवादी जनयुद्ध पीडितको कथालाई लिएर गीतको कथा बुनेका छन् । गीतको प्रशंसा र विरोध दुवै भइरहेको छ । गीतका केही दृष्यलाई लिएर माओवादी केन्द्रका नेताहरूले विरोध जनाएका छन् भने केही व्यक्तिले माओवादी केन्द्रको नेतृत्वमा गीतले प्रस्तुत गरेको कठोर यथार्थ आत्मसात गर्ने विवेक नभएको तर्क गरेका छन् ।

गीत सार्वजनिक भएपछि वाईसियल इञ्चार्ज नेता रामप्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु दण्डनीय भएको टिप्पणी गरेका छन् ।

गीतका केही दृष्यलाई लिएर उनको प्रतिक्रिया छ, ‘पीर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊँ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले ‘देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।’

प्रतिक्रिया