प्रतिमा भइन् नेवा देय् दबु हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष

पालिका डायरी
२८ फाल्गुन २०७८, १५:३६
प्रतिमा भइन् नेवा देय् दबु हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष

हेटौंडा /  नेवा देय् दबु हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा प्रतिमा श्रेष्ठ चयन भएकी छन् । शनिबार भएको भेलाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय नगर समिति गठन गरेको छ ।


समितिमा उपाध्यक्ष संग्राम श्रेष्ठ, सचिव मनिषमान श्रेष्ठ, कोषाध्यक्ष शिव श्रेष्ठ रहेका छन् । त्यस्तै नगर सदस्यहरुमा मनिषमान श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, गंगाकुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, जनरल श्रेष्ठ, सागर बलामी, गायत्री श्रेष्ठ, सुदीप श्रेष्ठ, गमला राजभण्डारी, सृष्टी गोर्खाली, दिलकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ चयन भएका छन् ।

भेलाले प्रतिमा श्रेष्ठ, शिवकुमार श्रेष्ठ, गोपाल श्रेष्ठ, सुदीप श्रेष्ठ र दिलकुमार श्रेष्ठलाई बागमती प्रदेश अधिवेशनमा सहभागी हुन प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया