मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

पालिका डायरी
२८ फाल्गुन २०७८, ११:४५
accident

हेटाैंडा /  चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।

इच्छाकानमा गाउँपालिका-२ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ हिजो बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन गुरुङ र उहाँका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया